अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ : Icon Khabar

कैलाली, चैत ३ । धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय आदित्य रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले गौरीफन्टाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.१-०१२ प ५४७५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-७ हरिनगर बस्ने २५ वर्षीय लक्ष्मण चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरिनगर र इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले लक्ष्मणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१२ स्थित हाम्रो कटेज एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम र नगद ७ हजार रूपैयाँ सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने २४ वर्षीय प्रवेश शाही ठकुरी, २८ वर्षीय नविन श्रेष्ठ, ३७ वर्षीय धिरज दरै र ३२ वर्षीय सुभाष गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी चितवन, खैरहनी नगरपालिका-१० सुर्तनीबाट अवैध लागूऔषध गाँजा १० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रविन चौधरी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-८ स्यानी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ७० मिलिग्राम सहित बेदकोट नगरपालिका-७ बस्ने २१ वर्षीय प्रभाष शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, शुद्धोधन गाउँपालिका-१ सिसैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ६० मिलिग्राम सहित सैनामैना नगरपालिका-४ बस्ने २१ वर्षीय राम मल्लाहालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ गोलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्पास्पेन ३ सय ७० ट्याब्लेट र नगद ४९ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिष तामाङ, २० वर्षीय रोहन निरौला र २६ वर्षीय मानव लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित धनकुटा शहिदभूमी गाउँपालिका-४ बस्ने ३१ वर्षीय शिव राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)