सहकारी बैंकका पदाधिकारीको सम्पती र लगानी रोक्का गर्नुपर्छ: सांसद सुवाल

सहकारी बैंकका पदाधिकारीको सम्पती र लगानी रोक्का गर्नुपर्छ: सांसद सुवाल : Icon Khabar

काठमाडौं, चैत ३ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बाैं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सहकारी संस्थाको रकम जिल्ला, प्रदेश र महासङ्घ हुँदै साम्राज्यवादीहरुको सैन्य संगठन नाटो देशको हितमा प्रयोग भएको जिकिर गरे ।

उनले सरकारले खारेज गर्न लागेको सत्र हजार सहकारी संस्थामा रकम जम्मा गरेको पीडितको वचत कसरी फिर्ता गर्ने भन्दै सरकारसँग प्रश्न गरे । सर्वसाधारणको वचत हिनामिना गर्ने सहकारी बैंक तथा सहकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति रोक्का गरी जनताको वचत फिर्ता गराउनु पर्ने उनको भनाइ छ ।

उनले भने,’सहकारीमा चार खर्ब लगानी, स्रोतको छैन निगरानी । नेपालका सहकारी संस्थाको खबौँ रुपैयाँ जिल्ला, प्रदेश र महासङ्घ बनाएर सहकारी बैंक हुँदै साम्राज्यवादीहरुको सैन्य संगठन नाटो देशहरुको हितमा गएको सार्वजनिक भयो । सत्र हजार संख्याको सहकारी संस्था खारेज हुने सार्वजनिक भयो । ति सहकारी संस्थामा बजच ठगीमा परेका पीडितहरुको बचत फिर्ता कसरी हुने हो ? सम्बन्धित जिल्ला, प्रदेश, महासङ्घ र सहकारी बैंकमा रहेका पदाधिकारीहरु र डुबेका सहकारी संस्थाका पदाधिकारीहरुलाई जनताको वचत फिर्ता गराउन तिनीहरुको सम्पती र लगानी रोक्का गर्नुपर्छ र पासपोर्ट जफत गर्नु जरुरी छ ।’

Published Date: 16 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी