पाकिस्तानको क्वेटामा सेनामाथि आतंककारी आक्रमण

पाकिस्तानको क्वेटामा सेनामाथि आतंककारी आक्रमण : Icon Khabar

क्वेटा, चैत ५ । पाकिस्तानको क्वेटाबाट ताफ्तान जाँदै गरेको सेनाको जत्थामाथि आइतबार आतंककारी आक्रमण भएको छ । उक्त आक्रमणमा सात जना सैनिकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । यद्यपि, बलूच लिबरेशन आर्मीले ९० पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरेको छ।

बलूच लिबरेशन आर्मीले पाकिस्तानी सेनाको जत्थामाथि भएको आक्रमणको जिम्मेवारी लिएको छ । यो हमला क्वेटाबाट १५० किलोमिटर टाढा रहेको नोशकीमा भएको हो । यस आक्रमणपछि सेनाले उक्त क्षेत्रमा हेलिकप्टर र ड्रोन तैनाथ गरिसकेको छ ।

सेनाको जत्था शनिवार ताफ्तान जाँदै थियो । उक्त जत्थामा सात वटा सैनिक बस तथा दुई अन्य सवारी साधन थिए, जसलाई निशाना बनाइएको थियो । रिपोर्टअनुसार, विस्फोटकले भरिएको एउटा बस सवारी सेनाको जत्थासँग ठोक्किएको थियो । यो आत्मघाती आक्रमण भएको बताइन्छ ।

नोशकी स्टेशनका एसएचओ जफुरुल्लाह सुलेमानीका अनुसार प्रारम्भिक रिपोर्टले पनि यो आत्मघाती आक्रमण भएको देखाएको थियो । घटनास्थलबाट प्राप्त प्रमाणअनुसार, आत्मघाती आक्रमणकारीले विस्फोटकले भरिएको सवारी जानाजान सेनाको जत्थाको गाडीमा ठोक्काएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2025
Website | + posts




ताजा
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलन जारी, आज २३औं दिन
नोबेल पुरस्कार: मानव सभ्यताको उत्कृष्ट उपलब्धिको सम्मान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित