पाकिस्तानको क्वेटामा सेनामाथि आतंककारी आक्रमण

पाकिस्तानको क्वेटामा सेनामाथि आतंककारी आक्रमण : Icon Khabar

क्वेटा, चैत ५ । पाकिस्तानको क्वेटाबाट ताफ्तान जाँदै गरेको सेनाको जत्थामाथि आइतबार आतंककारी आक्रमण भएको छ । उक्त आक्रमणमा सात जना सैनिकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । यद्यपि, बलूच लिबरेशन आर्मीले ९० पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरेको छ।

बलूच लिबरेशन आर्मीले पाकिस्तानी सेनाको जत्थामाथि भएको आक्रमणको जिम्मेवारी लिएको छ । यो हमला क्वेटाबाट १५० किलोमिटर टाढा रहेको नोशकीमा भएको हो । यस आक्रमणपछि सेनाले उक्त क्षेत्रमा हेलिकप्टर र ड्रोन तैनाथ गरिसकेको छ ।

सेनाको जत्था शनिवार ताफ्तान जाँदै थियो । उक्त जत्थामा सात वटा सैनिक बस तथा दुई अन्य सवारी साधन थिए, जसलाई निशाना बनाइएको थियो । रिपोर्टअनुसार, विस्फोटकले भरिएको एउटा बस सवारी सेनाको जत्थासँग ठोक्किएको थियो । यो आत्मघाती आक्रमण भएको बताइन्छ ।

नोशकी स्टेशनका एसएचओ जफुरुल्लाह सुलेमानीका अनुसार प्रारम्भिक रिपोर्टले पनि यो आत्मघाती आक्रमण भएको देखाएको थियो । घटनास्थलबाट प्राप्त प्रमाणअनुसार, आत्मघाती आक्रमणकारीले विस्फोटकले भरिएको सवारी जानाजान सेनाको जत्थाको गाडीमा ठोक्काएको थियो ।

Published Date: 16 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी