सुप्रसिद्ध पाकिस्तानी गायक गुलाम अली गुञ्जिए काठमाडौँमा

सुप्रसिद्ध पाकिस्तानी गायक गुलाम अली गुञ्जिए काठमाडौँमा : Icon Khabar

काठमाडौं, चैत ३ । सुप्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जिएका छन् । शनिबार बेलुका ललितपुरस्थित द प्लाजामा उनले छोरा आमिर र नाति नाजिरसँगै नेपाली प्रशंसकमाझ प्रस्तुति दिए ।

नेपाली गीत ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्वीर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिऊँ’को लागि उनी परिचित छन् । ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ नामक सांगीतिक कार्यक्रममा अलीले आवर्गी, हंगामा, दिल में इकजस्ता गीत पनि गाए ।

यो कार्यक्रम अलीको तीन पुस्ताको प्रस्तुति पनि हो । छोरा र नातिसहित गायिका पुनम चौहानसँग पनि उनले मञ्च साझा गरे । कार्यक्रमको क्रममा अलीले नेपाल भ्रमणको आफ्नो अघिल्लो अनुभव सम्झिए र पुनः आउँदा खुसी व्यक्त गरे ।

‘म फेरि नेपाल आउन पाउँदा निकै खुसी छु, यो तपाईंहरूको मायाका कारण सम्भव भएको हो र अल्लाहको आशिर्वादले सम्भव भएको हो’ अलीले भने, ‘नेपाली उत्कृष्ट श्रोता हुन्, उनीहरूलाई सङ्गीतको राम्रो बुझाइ छ ।’

२ घण्टाको प्रस्तुतिको क्रममा नेपाली गीत गाउन नेपाली दर्शकले उनलाई फर्माइस गरिरहे । सो क्रममा नेपाली संगीत दीपक जंगमलाई सम्मान पनि गरियो । जंगमको संगीतमा अलीले ‘किन किन तिम्रो तस्वीर’ गाएका थिए । नेपाली गायक रामकृष्ण ढकालले अलीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरे ।

अलीलाई साधना कला केन्द्रले नेपाल ल्याएको हो । अली ११ सदस्यीय ब्याण्डसहित नेपालमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2025
Website | + posts


ताजा
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)