सुप्रसिद्ध पाकिस्तानी गायक गुलाम अली गुञ्जिए काठमाडौँमा

सुप्रसिद्ध पाकिस्तानी गायक गुलाम अली गुञ्जिए काठमाडौँमा : Icon Khabar

काठमाडौं, चैत ३ । सुप्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जिएका छन् । शनिबार बेलुका ललितपुरस्थित द प्लाजामा उनले छोरा आमिर र नाति नाजिरसँगै नेपाली प्रशंसकमाझ प्रस्तुति दिए ।

नेपाली गीत ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्वीर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिऊँ’को लागि उनी परिचित छन् । ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ नामक सांगीतिक कार्यक्रममा अलीले आवर्गी, हंगामा, दिल में इकजस्ता गीत पनि गाए ।

यो कार्यक्रम अलीको तीन पुस्ताको प्रस्तुति पनि हो । छोरा र नातिसहित गायिका पुनम चौहानसँग पनि उनले मञ्च साझा गरे । कार्यक्रमको क्रममा अलीले नेपाल भ्रमणको आफ्नो अघिल्लो अनुभव सम्झिए र पुनः आउँदा खुसी व्यक्त गरे ।

‘म फेरि नेपाल आउन पाउँदा निकै खुसी छु, यो तपाईंहरूको मायाका कारण सम्भव भएको हो र अल्लाहको आशिर्वादले सम्भव भएको हो’ अलीले भने, ‘नेपाली उत्कृष्ट श्रोता हुन्, उनीहरूलाई सङ्गीतको राम्रो बुझाइ छ ।’

२ घण्टाको प्रस्तुतिको क्रममा नेपाली गीत गाउन नेपाली दर्शकले उनलाई फर्माइस गरिरहे । सो क्रममा नेपाली संगीत दीपक जंगमलाई सम्मान पनि गरियो । जंगमको संगीतमा अलीले ‘किन किन तिम्रो तस्वीर’ गाएका थिए । नेपाली गायक रामकृष्ण ढकालले अलीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरे ।

अलीलाई साधना कला केन्द्रले नेपाल ल्याएको हो । अली ११ सदस्यीय ब्याण्डसहित नेपालमा आएका हुन् ।

Published Date: 16 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी