प्रतिनिधिसभामा सहकारीसम्बन्धी विधेयक प्रस्तुत

प्रतिनिधिसभामा सहकारीसम्बन्धी विधेयक प्रस्तुत : Icon Khabar

काठमाडौं, फागुन २८ । प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो विधेयक प्रस्तुत गरेका हुन्।

सो विधेयकमाथि सांसद प्रभु साह, राजेन्द्र प्रसाद पाण्डे, प्रेम सुवाल, मिना तामाङ, रूपा सोशी (चौधरी), चित्रबहादुर केसी, रामकुमार राई, लेखनाय दाहाल, पूर्णबहादुर घर्ति मगर र सुमना श्रेष्ठले विरोधको सूचना हालेका थिए।

विरोधको सूचना राख्नुहुने सांसदहरूको राख्नुको भएको जिज्ञासाको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सरकारले समस्या ग्रस्त सहकारी गठन गरेको र २२ वटा समस्याग्रस्त सहकारी घोषण गरेर ३ वटा सरकारीको समस्या समाधान गरेको बताए । दश वटा सहकारीको रमक फिर्ता गराउन सरकार सफल भएको उनके भनाइ छ । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2025
Website | + posts


ताजा
देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिको सन्देश : कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु
शनिबारसम्म लम्बियो काठमाडौं उपत्यकाको निषेधाज्ञा र कर्फ्यु
आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक