आगामी चैत ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने

आगामी चैत ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने : Icon Khabar

काठमाडौँ, फागुन २८ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम आगामी चैत ७ गते हुने भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् ।

सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह नौमा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने जानकारी दिए। उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधिसभाका सचिव समक्ष लिखित रूपमा दिन पनि आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2025
Website | + posts




ताजा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो खस्यो, यातायात सेवा अवरुद्ध
आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो
सामाजिक सुरक्षा कोषमा हालसम्म रु ९४ अर्ब रकम जम्मा
नागढुंगा सुरुङ मार्ग सञ्चालन गर्न सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने