आगामी चैत ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने

आगामी चैत ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने : Icon Khabar

काठमाडौँ, फागुन २८ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम आगामी चैत ७ गते हुने भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् ।

सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह नौमा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने जानकारी दिए। उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधिसभाका सचिव समक्ष लिखित रूपमा दिन पनि आग्रह गरे।

Published Date: 12 March 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु