गट्ठाघरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक कायस्थको मृत्यु

गट्ठाघरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक कायस्थको मृत्यु : Icon Khabar

काठमाडौं, फागुन २८ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ का ३६ वर्षीय श्यामकृष्ण कायस्थ छन् । कायस्थले चलाएको बागमती प्रदेश–०३–००१ ख १८८४ नम्बरको मोटरसाइकलाई बा ३१ प ४४४ नम्बरको ट्रकले बुधबार पौने ४ बजे ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो । डाक्टरले उनलाई १४ः९ बजे मृत घोषणा गरेको प्रवक्ता नेउपानेले बताए ।

प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरेको छ ।

Published Date: 12 March 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु