चन्द्रागिरिमा एक व्यक्तिले गरे ‘फेसबुक लाइभ’ मा आत्मदाहको प्रयास

चन्द्रागिरिमा एक व्यक्तिले गरे ‘फेसबुक लाइभ’ मा आत्मदाहको प्रयास : Icon Khabar

काठमाडौं, फागुन २८ । काठमाडौंको चन्द्रागिरिमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । उनको उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको छ । स्थानीय उत्तम कार्कीले गए राति साढे १२ बजेतिर फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आगो लगाएका थिए ।

यो घटना थाहा पाएपछि पुगेर उनलाई उद्धार गरी कीर्तिपुरको बर्न अस्पताल पुर्‍याएको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले बताए । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ। फेसबुक लाइभमा उनले एक युवतीले आफूलाई मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको र पारिवारिक सम्बन्ध बिथोलिएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।

उनले प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए । उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन् । त्यसपछि उनी आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए।

Published Date: 12 March 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु