चन्द्रागिरिमा एक व्यक्तिले गरे ‘फेसबुक लाइभ’ मा आत्मदाहको प्रयास

चन्द्रागिरिमा एक व्यक्तिले गरे ‘फेसबुक लाइभ’ मा आत्मदाहको प्रयास : Icon Khabar

काठमाडौं, फागुन २८ । काठमाडौंको चन्द्रागिरिमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । उनको उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको छ । स्थानीय उत्तम कार्कीले गए राति साढे १२ बजेतिर फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आगो लगाएका थिए ।

यो घटना थाहा पाएपछि पुगेर उनलाई उद्धार गरी कीर्तिपुरको बर्न अस्पताल पुर्‍याएको काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले बताए । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ। फेसबुक लाइभमा उनले एक युवतीले आफूलाई मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको र पारिवारिक सम्बन्ध बिथोलिएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।

उनले प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए । उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन् । त्यसपछि उनी आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2025
Website | + posts




ताजा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो खस्यो, यातायात सेवा अवरुद्ध
आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो
सामाजिक सुरक्षा कोषमा हालसम्म रु ९४ अर्ब रकम जम्मा
नागढुंगा सुरुङ मार्ग सञ्चालन गर्न सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने