च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, फागुन २८ । बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । हान्सी फ्लिकको टोलीले १४औं मिनेटमै अग्रता लियो।यामालको पासमा राफिन्हाले सहजै गोलमा गरे।

तर, त्यो खुसी लामो समय टिकेन। बेन्फिकाले दुई मिनेटमै बराबरी गोल गर्‍यो। आन्द्रियास शेल्डेरुपको कर्नरबाट निकोलस ओटामेन्डीको हेडरमा गोल गरे।

यामालले २९औं मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। ४२ औं मिनेटमा राफिन्हा अर्को गोल गर्दै टोलीको अन्तर फराकिलो बनसए । एलेजान्ड्रो बाल्डेको पासलाई बक्सभित्र नियन्त्रण गर्दै राफिन्होले उत्कृष्ट फिनिस गरे।

बायर्नको जित
बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेको छ। बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो ।

समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो। ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो।
केनले ५२ औं‌ मिनेटमा गोल गरे ।

यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं गोल हो । एउटै संस्करणमा दोहोरो अंकमा गोल पूरा गर्ने केन पहिलो‌ इङ्ग्ल्यान्ड खेलाडी बनेका छन् ।

इङ्ल्यान्डका कप्तान केनले ७१ औं मिनेटमा अल्फोन्सो डेभिसको गोलका लागि असिस्ट गरे।

पिएसजी अन्तिम आठमा
लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।

डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले आफ्ना सबै पेनाल्टीमा गोल गर्यो।

लुइस एनरिकेको टोलीले मंगलवार १-० को जित दर्ता गर्‍यो । ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । डेम्बेलेले खेलको ११ औं मिनेटमा गोल‌ गरेका थिए । पहिलो लेगमा लिभरपुल १-० ले विजयी भएको थियो। १-१ को बराबरीपछि खेल थप समयमा गयो । थप समयमा नतिजा निस्किएपछि टाइब्रेकर पिएसजीले बाजी मार्यो।–एजेन्सी

Published Date: 12 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी