च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, फागुन २८ । बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । हान्सी फ्लिकको टोलीले १४औं मिनेटमै अग्रता लियो।यामालको पासमा राफिन्हाले सहजै गोलमा गरे।

तर, त्यो खुसी लामो समय टिकेन। बेन्फिकाले दुई मिनेटमै बराबरी गोल गर्‍यो। आन्द्रियास शेल्डेरुपको कर्नरबाट निकोलस ओटामेन्डीको हेडरमा गोल गरे।

यामालले २९औं मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। ४२ औं मिनेटमा राफिन्हा अर्को गोल गर्दै टोलीको अन्तर फराकिलो बनसए । एलेजान्ड्रो बाल्डेको पासलाई बक्सभित्र नियन्त्रण गर्दै राफिन्होले उत्कृष्ट फिनिस गरे।

बायर्नको जित
बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेको छ। बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो ।

समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो। ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो।
केनले ५२ औं‌ मिनेटमा गोल गरे ।

यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं गोल हो । एउटै संस्करणमा दोहोरो अंकमा गोल पूरा गर्ने केन पहिलो‌ इङ्ग्ल्यान्ड खेलाडी बनेका छन् ।

इङ्ल्यान्डका कप्तान केनले ७१ औं मिनेटमा अल्फोन्सो डेभिसको गोलका लागि असिस्ट गरे।

पिएसजी अन्तिम आठमा
लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।

डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले आफ्ना सबै पेनाल्टीमा गोल गर्यो।

लुइस एनरिकेको टोलीले मंगलवार १-० को जित दर्ता गर्‍यो । ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । डेम्बेलेले खेलको ११ औं मिनेटमा गोल‌ गरेका थिए । पहिलो लेगमा लिभरपुल १-० ले विजयी भएको थियो। १-१ को बराबरीपछि खेल थप समयमा गयो । थप समयमा नतिजा निस्किएपछि टाइब्रेकर पिएसजीले बाजी मार्यो।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2025
Website | + posts




ताजा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो खस्यो, यातायात सेवा अवरुद्ध
आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो
सामाजिक सुरक्षा कोषमा हालसम्म रु ९४ अर्ब रकम जम्मा
नागढुंगा सुरुङ मार्ग सञ्चालन गर्न सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने