आज काठमाडौँ वायु गुणस्तरमा विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थानमा

आज काठमाडौँ वायु गुणस्तरमा विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थानमा : Icon Khabar

काठमाडौँ, फागुन २७ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थान देखिएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहर बनेको हाे । यहाँको वायु प्रदूषण एक सय ८० एक्युआई पुगेको छ । यो मापन बिहान ११ः५० मिनेटको हो ।

वायु गुणस्तरको एक नम्बरमा चीनको बेइजिङ छ । यहाँको वायु प्रदूषण २ सय ४० एक्युआई छ । यस्तै, दोस्रोमा युगाण्डाको कम्पालाको वायु प्रदूषण २ सय २८ एक्युआई छ । यस्तै, तेस्रोमा भारतको दिल्ली र चाैथौँमा कुवेत छ । यहाँका वायु प्रदूषण क्रमशः २०५ र १८४ एक्युआई पुगेको छ ।

उपत्यकाको आकाश डम्म छ । स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन सकेको अवस्था छैन । यसले गर्दा वायु गुणस्तर अस्वास्थ्यकर बनेको छ ।

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ । यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत वातावरण विभागले जनाएको छ ।

एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

Published Date: 11 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी