रिजर्भ एन्टिवायोटिक्स अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन

रिजर्भ एन्टिवायोटिक्स अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन : Icon Khabar

काठमाडौं, फागुन २७ । औषधी व्यवस्था विभागले रिजर्भ एन्टिवायोटिक्स अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन दिएको छ ।

विभागले सोमबार सूचना निकाल्दै मेरोपेनम, पोलिमिक्सिन बी, पाइपरसिलिन टाजोब्याक्टम, भ्यानकोमाइसिन, कोलिस्टिन, लाइनजोलिड गरी ६ प्रकारका रिजर्भ एन्टिबायोटिक अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन दिएको हो ।

खुद्रा फार्मेसीमार्फत रिजर्भ समूहको औषधीको बिक्रीले सोको अनुचित प्रयोग हुन सक्ने र सोबाट प्रतिजैविक प्रतिरोध बढ्न जाने हुँदा रिजर्भ समूहको औषधीको समुचित नियमन र प्रयोग गर्न औषधी सल्लाहकार समीतिको ५७ औँ बैठकले यस्तो निर्णय गरेको विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार प्रतिजैविक औषधीको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधीको खपत बढ्दै गइरहेको छ । पशुपन्क्षीमा प्रयोग हुने औषधीहरुको प्रयोगसम्बन्धी प्रतिजैविक सर्भिलेन्सको समेत अभाव छ । औषधी सिफारिसकर्ता, औषधी बिक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधीको वर्गीकरणबारे पर्याप्त ज्ञान नभएकाले त्यस्ता औषधीको अनुचित प्रयोग हुन गई प्रतिजैविक प्रतिरोध बढ्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2025
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)