रिजर्भ एन्टिवायोटिक्स अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन

रिजर्भ एन्टिवायोटिक्स अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन : Icon Khabar

काठमाडौं, फागुन २७ । औषधी व्यवस्था विभागले रिजर्भ एन्टिवायोटिक्स अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन दिएको छ ।

विभागले सोमबार सूचना निकाल्दै मेरोपेनम, पोलिमिक्सिन बी, पाइपरसिलिन टाजोब्याक्टम, भ्यानकोमाइसिन, कोलिस्टिन, लाइनजोलिड गरी ६ प्रकारका रिजर्भ एन्टिबायोटिक अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन दिएको हो ।

खुद्रा फार्मेसीमार्फत रिजर्भ समूहको औषधीको बिक्रीले सोको अनुचित प्रयोग हुन सक्ने र सोबाट प्रतिजैविक प्रतिरोध बढ्न जाने हुँदा रिजर्भ समूहको औषधीको समुचित नियमन र प्रयोग गर्न औषधी सल्लाहकार समीतिको ५७ औँ बैठकले यस्तो निर्णय गरेको विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार प्रतिजैविक औषधीको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधीको खपत बढ्दै गइरहेको छ । पशुपन्क्षीमा प्रयोग हुने औषधीहरुको प्रयोगसम्बन्धी प्रतिजैविक सर्भिलेन्सको समेत अभाव छ । औषधी सिफारिसकर्ता, औषधी बिक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधीको वर्गीकरणबारे पर्याप्त ज्ञान नभएकाले त्यस्ता औषधीको अनुचित प्रयोग हुन गई प्रतिजैविक प्रतिरोध बढ्ने सम्भावना छ ।

Published Date: 11 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग