फिल्म वार २ को सुटिङ सेटमा ऋतिक रोशन घाइते

फिल्म वार २ को सुटिङ सेटमा ऋतिक रोशन घाइते : Icon Khabar

मुम्बई, फागुन २७ । बलिउड अभिनेता ऋतिक रोशन घाइते भएका छन् । फिल्म वार २ को सुटिङ सेटमा दुर्घटना हुँदा उनी घाइते भएका हुन् ।

भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार उनको खुट्टामा चोट लागेको छ, जसका कारण फिल्मको सुटिङ केहि समयका लागि स्थगित गरिएको छ । ऋतिक र जुनियर एनटीआर अभिनीत यो फिल्म दर्शकले लामो समयदेखि उत्सुक्ताका साथ प्रतिक्षा गरिरहेका छन् ।

वास्तवमा, वार २ का लागि जुनियर एनटीआरसँग एउटा गीतको रिहर्सल गर्ने क्रममा ऋतिकलाई खुट्टामा चोट लागेको हो । डाक्टरले ऋतिकलाई चार हप्तासम्म आराम गर्न सल्लाह दिएका छन् । ऋतिक र जुनियर एनटीआरमाथि फिचर्ड यो गीत अब मे महिनामा मात्र सुट गरिने छ ।

स्रोतका अनुसार सबै मुख्य कलाकारहरूले आफ्नो सुटिङ पूरा गरिसकेका छन् र फिल्म पहिले नै पोस्ट-प्रोडक्सनमा रहेको छ । ऋतिकलाई आराम गर्न सल्लाह दिएता पनि यसले फिल्मको रिलिज मितिमा कुनै असर भने गर्ने छैन ।

Published Date: 11 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग