फिल्म वार २ को सुटिङ सेटमा ऋतिक रोशन घाइते

फिल्म वार २ को सुटिङ सेटमा ऋतिक रोशन घाइते : Icon Khabar

मुम्बई, फागुन २७ । बलिउड अभिनेता ऋतिक रोशन घाइते भएका छन् । फिल्म वार २ को सुटिङ सेटमा दुर्घटना हुँदा उनी घाइते भएका हुन् ।

भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार उनको खुट्टामा चोट लागेको छ, जसका कारण फिल्मको सुटिङ केहि समयका लागि स्थगित गरिएको छ । ऋतिक र जुनियर एनटीआर अभिनीत यो फिल्म दर्शकले लामो समयदेखि उत्सुक्ताका साथ प्रतिक्षा गरिरहेका छन् ।

वास्तवमा, वार २ का लागि जुनियर एनटीआरसँग एउटा गीतको रिहर्सल गर्ने क्रममा ऋतिकलाई खुट्टामा चोट लागेको हो । डाक्टरले ऋतिकलाई चार हप्तासम्म आराम गर्न सल्लाह दिएका छन् । ऋतिक र जुनियर एनटीआरमाथि फिचर्ड यो गीत अब मे महिनामा मात्र सुट गरिने छ ।

स्रोतका अनुसार सबै मुख्य कलाकारहरूले आफ्नो सुटिङ पूरा गरिसकेका छन् र फिल्म पहिले नै पोस्ट-प्रोडक्सनमा रहेको छ । ऋतिकलाई आराम गर्न सल्लाह दिएता पनि यसले फिल्मको रिलिज मितिमा कुनै असर भने गर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने