राप्रपाले तिर्यो काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना

राप्रपाले तिर्यो काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना : Icon Khabar

काठमाडौँ, फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ।

पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो।

राप्रपाका प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीलगायत सोमबार काठमाडौं महानगर पुगेर जरिवाना बुझाएका हुन्।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि महानगरलाई जरिवाना बुझाएको तस्बिर फेसबुकमा राख्दै लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं। रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं।’

Published Date: 10 March 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग