पूर्वराजा शाहलाई फर्काउन चैत १ गतेबाट राप्रपाले आन्दोलन गर्ने

पूर्वराजा शाहलाई फर्काउन चैत १ गतेबाट राप्रपाले आन्दोलन गर्ने : Icon Khabar

काठमाडौं, फागुन २६ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन थाल्ने भएको छ । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर राणाले चैत १ गतेबाट राप्रपाले आन्दोलन गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै राणाले सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीलाई आह्वान गर्दै आन्दोलन थाल्ने जानकारी गराएका छन् ।

उनले भनेका छन् । ‘हिजो श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको सवारी सफलता पूर्वक सम्पन्न भएकोमा सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदाय, सुरक्षा निकाय, स्वयंसेवकहरू, तथा शुभेच्छुक महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गते देखि बृहत् राष्ट्रवादी अन-आन्दोलनको सुरुवात गरिँदैछ । सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने