पूर्वराजा शाहलाई फर्काउन चैत १ गतेबाट राप्रपाले आन्दोलन गर्ने

पूर्वराजा शाहलाई फर्काउन चैत १ गतेबाट राप्रपाले आन्दोलन गर्ने : Icon Khabar

काठमाडौं, फागुन २६ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन थाल्ने भएको छ । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर राणाले चैत १ गतेबाट राप्रपाले आन्दोलन गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै राणाले सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीलाई आह्वान गर्दै आन्दोलन थाल्ने जानकारी गराएका छन् ।

उनले भनेका छन् । ‘हिजो श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको सवारी सफलता पूर्वक सम्पन्न भएकोमा सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदाय, सुरक्षा निकाय, स्वयंसेवकहरू, तथा शुभेच्छुक महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गते देखि बृहत् राष्ट्रवादी अन-आन्दोलनको सुरुवात गरिँदैछ । सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु ।

Published Date: 10 March 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग