जुम्लाको उत्तरी क्षेत्रमा हिमपात सुरु

जुम्लाको उत्तरी क्षेत्रमा हिमपात सुरु : Icon Khabar

जुम्ला, फागुन २६ । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को लिमी गाउँमा हिमपात सुरु भएको छ । आइतबार रातिबाट बादल लाग्न सुरु भएको र सोमबार बिहानबाट हिमपात सुरु भएको हो ।

लिमी लगायत उच्च क्षेत्रमा हिमपात सुरु भएको नाम्खा गाउँपालिका– ६ का वडा सदस्य पेम्बा तुन्डुप लामाले बताए । बिहानबाट सुरु भएको हिमपात अहिले जमिनमा जम्न सुरु भएको उनले बताए।

यो हिमपात लिमीका तीन वटै गाउँ तील, हल्जी र जाङमा सुरु भएको छ । यसैगरी, लिमीकै लाप्चा, ताक्ची, तुम्लिङ, न्यालु, हिल्सा, नारा, यारी, ह्याङ्सी, चाला, इलिङ क्षेत्रमा हिमपात भइरहेको उनले बताए।

उच्च क्षेत्र रहेका कारण लिमी र हिल्सा प्रवेश क्षेत्रका रुपमा रहेका नारा र न्यालुमा भने बाक्लै हिमपात भइरहेको उनको भनाइ छ । हिमपात भइरहेका कारण चिसो बढेको छ भने मोवाइल नेटवर्कले काम गरिरहेकाले सम्पर्कमा कुनै समस्या नभएको उनले बताए।

हिमपात भएपछि किसानहरु खुसी भएका छन् । सदरमुकाम सिमकोटभन्दा दक्षिणीक्षेत्रमा भने वर्षा भइरहेको छ ।

Published Date: 10 March 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग