जुम्लाको उत्तरी क्षेत्रमा हिमपात सुरु

जुम्लाको उत्तरी क्षेत्रमा हिमपात सुरु : Icon Khabar

जुम्ला, फागुन २६ । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को लिमी गाउँमा हिमपात सुरु भएको छ । आइतबार रातिबाट बादल लाग्न सुरु भएको र सोमबार बिहानबाट हिमपात सुरु भएको हो ।

लिमी लगायत उच्च क्षेत्रमा हिमपात सुरु भएको नाम्खा गाउँपालिका– ६ का वडा सदस्य पेम्बा तुन्डुप लामाले बताए । बिहानबाट सुरु भएको हिमपात अहिले जमिनमा जम्न सुरु भएको उनले बताए।

यो हिमपात लिमीका तीन वटै गाउँ तील, हल्जी र जाङमा सुरु भएको छ । यसैगरी, लिमीकै लाप्चा, ताक्ची, तुम्लिङ, न्यालु, हिल्सा, नारा, यारी, ह्याङ्सी, चाला, इलिङ क्षेत्रमा हिमपात भइरहेको उनले बताए।

उच्च क्षेत्र रहेका कारण लिमी र हिल्सा प्रवेश क्षेत्रका रुपमा रहेका नारा र न्यालुमा भने बाक्लै हिमपात भइरहेको उनको भनाइ छ । हिमपात भइरहेका कारण चिसो बढेको छ भने मोवाइल नेटवर्कले काम गरिरहेकाले सम्पर्कमा कुनै समस्या नभएको उनले बताए।

हिमपात भएपछि किसानहरु खुसी भएका छन् । सदरमुकाम सिमकोटभन्दा दक्षिणीक्षेत्रमा भने वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने