आज काठमाडौँ वायु प्रदुषण मापनमा विश्वको प्रदुषित शहरको तेस्रो स्थानमा

आज काठमाडौँ वायु प्रदुषण मापनमा विश्वको प्रदुषित शहरको तेस्रो स्थानमा : Icon Khabar

काठमाडौं, फागुन २६ । काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको छ ।

आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १९७ पुगेको छ । आज सबैभन्दा धेरै भियतनामको हानोई सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । हानोइको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४५ पुगेको छ ।

दोस्रो नम्बरमा भारतको दिल्ली सहर छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् ।

Published Date: 10 March 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग