वी किड्स स्कुलमा “स्कुल ओपन हाउस“ तथा “बाल नृत्य महोत्सव” सम्पन्न

वी किड्स स्कुलमा “स्कुल ओपन हाउस“ तथा “बाल नृत्य महोत्सव” सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २४ । वी किड्स स्कुलले शनिबार तेस्रो “स्कुल ओपन हाउस“ तथा “बाल नृत्य महोत्सव” कार्यक्रम आयोजना गरेको छ ।

“एक्सप्लोर, लर्न र ग्रो” को अवधारणा अनुसार सञ्चालन भइरहेको उक्त विद्यालयले गरिरहेका शैक्षिक अभ्यास, बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि तयार गरेको शैक्षिक वातावरणबारे जानकारी दिनका लागि आयोजित उक्त कार्यक्रममा ३०० जना भन्दा वढि आगन्तुक/अभिभावकज्यहरूले अवलोकन गर्नु भएको विद्यालयले जनाएको छ ।

साथै सो अवसरमा पुर्व प्राथमिक विद्यालय स्तरीय “बाल नृत्य महोत्सव” पनि सम्पन्न गरेको छ । यस महोत्सवले ९ वटा विद्यालयका ९३ जना बालबालिकाहरूले विभिन्न विधाका (शास्त्रीय, आधुनिक, फोक नृत्य, आदि) नृत्यमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । स्थानीय विद्यालयहरू बीच आपसी सम्वन्ध बढाउने र अनुभव आदानप्रदान तथा विद्यार्थी नानीबाबुहरूको प्रतिभा प्रस्फुटन गराउन सहयोग गर्ने उद्देश्य साथ आयोजित सो महोत्सवमा सहभागी हुने सबै विद्यालयहरूले प्रमाणपत्र, मायोको चिनो, उपहार आदिले सम्मान गरिएको थियो ।

प्रिस्कूलकी प्रिन्सिपल मन्जु दुवालले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण, विद्यालयले गर्ने विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिन, अभिभावकहरू बीच आपसी भेटघाट गराउन, सम्भावित नयाँ अभिभावक तथा विद्यार्थीहरूलाई विद्यालयको सुविधाहरूसँग परिचित गराउने र कक्षाकोठा अवलोकनसंगै समर्पित शिक्षकहरूसँग अनौपचारिक भेटघाट गराउन, आगन्तुकहरूलाई विद्यालयले प्रदान गर्ने उच्च-गुणस्तरको शिक्षा प्रत्यक्ष अनुभव गराउन र विद्यालयको सिकाई अवधारण/दृष्टिकोण वारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताइन् ।

विद्यार्थीहरूले पाठ्यक्रममा समावेश भएका पाठलाई बुझ्न र बुझाउन सहज हुने शैक्षिक सामग्रीबारे विश्लेषण गरेका थिए । विद्यार्थीले गरेका प्रस्तुतिलाई ओपन हाउसमा सहभागी अभिभावक तथा सहभागीले चाखपूर्वक अवलोकन गरेका थिए । सहभागी अभिभावकले विद्यार्थीलाई स्कुलले पाठ्यपुस्तकका अलावा अन्य विषयवस्तुका बारेमा जानकारीका साथ अध्ययन गराएको पाएको बताए ।

उनीहरूले विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइएकोकमा खुसी व्यक्त गरे । सहभागीले विद्यार्थीले निर्धक्कसाथ गरको प्रस्तुतिले आफूहरूको मन छोएको बताए ।

कार्यक्रममा “बाल नृत्य महोत्सव” सहित विद्यार्थीहरूले विभिन्न थिममा आधारित रहेर तयार गरेका शैक्षिक सामग्रीहरू, स्थानीय औजारहरू, स्थानीय बाजागाजाहरूको प्रदर्शनी गरेका थिए । कार्यक्रममा बालबालिकाहरुको लागि लागि विभिन्न प्रकारका रमाइला आकर्षक स्टलहरूको व्यवस्था गरेको थियो ।

बाउन्सिङ क्यासल, प्ले स्टेशन, फेस पेन्टिङ, फोटो स्टेशन, विभिन्न रमाईला खेलहरू र फुड स्टल समेत रहेको सो कार्यक्रममा अभिभावक तथा बालबालिकाहरूको लागि निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्तमा आगन्तुकहरूमध्ये लक्की ड्र मार्फत २ जना भाग्यशाली आगन्तुकलाई पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2025
Website | + posts




ताजा
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने
शिक्षा मन्त्रालयको काम अब सिंहदरबारबाटै हुने
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने