हमासले आफ्नो कुरा नसुनेमा उनीहरुका एक सदस्य पनि बाँकी नराख्ने ट्रम्पको चेतावनी

हमासले आफ्नो कुरा नसुनेमा उनीहरुका एक सदस्य पनि बाँकी नराख्ने ट्रम्पको चेतावनी : Icon Khabar

वासिङ्टन, डी.सी, फागुन २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइको विषयमा हमासलाई ‘अन्तिम चेतावनी’ दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासले आफ्नो कुरा नसुनेमा उनीहरुका एक सदस्य पनि बाँकी नरहने चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने, हमासका एक जना पनि सदस्य सुरक्षित हुनेछैनन् ।’

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले यस्तो लेखेका हुन् । उनले आफ्नो पोस्टमा थप भनेका छन्, ‘सबै बन्धकहरूलाई अहिले नै रिहा गर, पछि होइन र तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकियो ।’

ट्रम्पले सर्वसाधारणलाई धम्की दिँदै गाजाका जनताको सुन्दर भविष्य पर्खिरहेको उल्लेख गर्दै हमासको बचाउ नगर्न भनेका छन् । ट्रम्पको यो पोस्ट ह्वाइट हाउसमा हालै युद्धविराम अन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो ।

Published Date: 06 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग