बिहिबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

बिहिबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन २२ । घरेलु बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 March 2025
Website | + posts