अब एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने

अब एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने : Icon Khabar

काठमाडौं, फागुन २२ । अब एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी विभागले बुधबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

‘प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर, डोमेस्टिक कार्ड स्किमअन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन’ भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा भनिएको छ ।

त्यस्तै ग्राहकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा ‘भीपीएन’ प्रयोग गरे नगरेको पहिचान गरी आधिकारिक भीपीएन प्रयोग नभएमा एपमा लगइन गर्न नमिल्ने व्यवस्था संस्थाहरुले मिलाउनुपर्ने छ ।

भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले भुक्तानी सम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीको अब नियमित रुपमा डीसी डीआर ड्रिल गर्नुपर्नेछ । त्यस्तै, नेपाल राष्ट्र बैंकले अनस्ट्रक्चरेड सप्लिमेन्ट्री सर्भिस डाटा वा असंरचित अतिरिक्त सेवा डाटा (युएसएसडी) प्रणालीमार्फत हुने भुक्तानी कारोबारको सीमा दैनिक १० हजार रुपैयाँ र प्रतिकारोबार ५ हजार हुनुपर्ने व्यवस्था गरिएको छ । यो नयाँ व्यवस्था हो ।

Published Date: 06 March 2025
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी