नेपालमा राम्रो काम गर्न खोज्दा झुटो आरोप लगाउने लहर चलेको छ: प्रधानमन्त्री ओली

नेपालमा राम्रो काम गर्न खोज्दा झुटो आरोप लगाउने लहर चलेको छ: प्रधानमन्त्री ओली : Icon Khabar

काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरू सरकारमा हुँदा नाटक गरेर समय बिताउने र अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने प्रवृत्ति रहेको बताए ।

उनले भने,‘नेपालमा एउटा लहर के छ भने राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने झुटो आरोप लगाउने लहर नै छ । कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, आफू सरकारमा भयो भने ड्रामा गर्ने चलन छ । अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने ।’

कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै आपत्ति जनाए । उनले भने‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन् । त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन्, फरक होइनन् । न्यूनतम पारिश्रमिक भन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन । त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ । ‘पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन ।’

त्यस्तै उनले हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ भन्ने विषयमा सरकारको ध्यान गएको पनि उनले जानकारी दिए । उनले भने,अहिले अलि बढी संवेदनशिलतातिर वा भावनातिर बगेर अनावश्यक कुरामा नलागौँ । सही ढङ्गले जाति–भाषाको उत्थान गरौँ । त्यसमा सरकार सहयोग गर्न तयार छ । हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ । त्यसमा सरकारको ध्यान गएको छ ।’

Published Date: 04 March 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता