नेमकिपाको अध्यक्षमा नारायणमान बिजुक्छे सर्वसम्मत चयन

नेमकिपाको अध्यक्षमा नारायणमान बिजुक्छे सर्वसम्मत चयन : Icon Khabar

काठमाडौं, फागुन २० । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् ।

गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष विजुक्छे नै छन् ।

बिजुक्छें ८५ वर्षका भए । २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म उनी नै निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।

बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

आठौँ महाधिवेशन बाट चुनिएका पदाधिकारी तथा सदस्यहरु निम्न अनुसार छन्:

Published Date: 04 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी