फेब्रुअरीमा ९६ हजार ८८० जना पर्यटक नेपाल भित्रिए

फेब्रुअरीमा ९६ हजार ८८० जना पर्यटक नेपाल भित्रिए : Icon Khabar

काठमाडौं, फागुन १९ । नेपालमा सन् २०२५ को दोस्रो महिना (फेब्रुअरी) मा ९६ हजार ८८० पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा ०.५६ प्रतिशतले थोरै हो । यसअघि सन् २०२४ को फेब्रुअरीमा ९७ हजार २२६ जना पर्यटक भित्रिएका थिए ।

अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट १९ हजार १८७ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट १० हजार ३४८, चीनबाट ८ हजार २३२, थाइल्यान्डबाट ५ हजार ६०९ र बेलायतबाट ५ हजार ५७ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै, एक महिनाअघि अर्थात् २०२५ को जनवरीमा भने ७९ हजार ९९१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Published Date: 03 March 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु