फेब्रुअरीमा ९६ हजार ८८० जना पर्यटक नेपाल भित्रिए

फेब्रुअरीमा ९६ हजार ८८० जना पर्यटक नेपाल भित्रिए : Icon Khabar

काठमाडौं, फागुन १९ । नेपालमा सन् २०२५ को दोस्रो महिना (फेब्रुअरी) मा ९६ हजार ८८० पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा ०.५६ प्रतिशतले थोरै हो । यसअघि सन् २०२४ को फेब्रुअरीमा ९७ हजार २२६ जना पर्यटक भित्रिएका थिए ।

अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट १९ हजार १८७ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट १० हजार ३४८, चीनबाट ८ हजार २३२, थाइल्यान्डबाट ५ हजार ६०९ र बेलायतबाट ५ हजार ५७ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै, एक महिनाअघि अर्थात् २०२५ को जनवरीमा भने ७९ हजार ९९१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2025
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने