पोखराको वायु प्रदूषण खतरनाक तहमा पुग्यो

पोखराको वायु प्रदूषण खतरनाक तहमा पुग्यो : Icon Khabar

काठमाडौं, फागुन ११ । पोखराको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । वातावरण विभागका अनुसार दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु प्रदूषण ३२१ मापन गरिएको छ । यो आज नेपालभरकै प्रदूषण मापनमा उच्च हो ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ भने ३०१ एक्यूआईभन्दा माथिलाई खतरनाक तहमा पुगेको मानिन्छ । शनिबार पोखरामा वर्षात् भए पनि वायु प्रदूषणमा सुधार नभएको हो ।

पोखराबाहेकका अन्य ४ सहरको अस्वस्थ तहमा छन् । वातावरण विभागका अनुसार ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

दोस्रो स्थानमा रहेको भैंसेपाटीको वायु प्रदूषण १३३, शंखपार्क १३१, धनगढी १०९ र भरतपुरको १०१ एक्यूआई प्रदूषण मापन गरिएको छ । पछिल्लो २५ घन्टामा पनि पोखरा नै उच्च प्रदूषित सहरमा दरिएको थियो ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)