पोखराको वायु प्रदूषण खतरनाक तहमा पुग्यो

पोखराको वायु प्रदूषण खतरनाक तहमा पुग्यो : Icon Khabar

काठमाडौं, फागुन ११ । पोखराको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । वातावरण विभागका अनुसार दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु प्रदूषण ३२१ मापन गरिएको छ । यो आज नेपालभरकै प्रदूषण मापनमा उच्च हो ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ भने ३०१ एक्यूआईभन्दा माथिलाई खतरनाक तहमा पुगेको मानिन्छ । शनिबार पोखरामा वर्षात् भए पनि वायु प्रदूषणमा सुधार नभएको हो ।

पोखराबाहेकका अन्य ४ सहरको अस्वस्थ तहमा छन् । वातावरण विभागका अनुसार ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

दोस्रो स्थानमा रहेको भैंसेपाटीको वायु प्रदूषण १३३, शंखपार्क १३१, धनगढी १०९ र भरतपुरको १०१ एक्यूआई प्रदूषण मापन गरिएको छ । पछिल्लो २५ घन्टामा पनि पोखरा नै उच्च प्रदूषित सहरमा दरिएको थियो ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।

Published Date: 23 February 2025


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु