व्यक्तिगत विवरण सच्याउन मिल्नेगरी पञ्जीकरण ऐन संशोधन गर्न प्रस्ताव

व्यक्तिगत विवरण सच्याउन मिल्नेगरी पञ्जीकरण ऐन संशोधन गर्न प्रस्ताव : Icon Khabar

काठमाडौँ, फागुन ५ । व्यक्तिगत विवरण सच्याउन मिल्नेगरी गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन–२०७६ लाई संशोधन गर्न प्रस्ताव गरेको छ ।

ऐनको दफा २५ लाई संशोधन गर्ने प्रस्ताव रायका लागी कानुन मन्त्रालयमा पठाइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एकीकृत प्रणाली नहुँदा सरकारी निकायबाट सेवा लिँदा कागजातमा त्रुटि भएका जन्म मिति तथा नाम ठेगाना फरक परेको अवस्थामा विवरण सच्याउन मिल्ने व्यवस्था राख्न हामीले प्रस्ताव गरेका छौँ ।’

त्यस्तै, गृह मन्त्रालयले ६ महिनाभित्र ‘सुरक्षा अनुभूति मापन कार्यविधि’ बनाउने भएको छ । कार्यविधि तयार गरेर महानगरपालिकाहरूबाट लागु गरिने सहसचिव तिवारीले बताए ।

Published Date: 17 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु