खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति

खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति : Icon Khabar

दिक्तेल, फागुन ५ । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ । ग्यास लिक हुँदा सुरु भएको आगोले भीषणरुप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरु भएको थियो । पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो ।

काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरु भएको आगोले भीषणरुप लिएको थियो । आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरको दोस्रो तलामा रहेको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडिसँगै रहेको निजकै काठको दुई तले घरमा पूर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको छ ।

प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयले रिजर्भ गरेर राखेको पानी ट्याङकरले ओसार आगलागी नियन्त्रण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि पानी बोक्ने, ट्याङकरसहित जेसीबी लगायतका मेसिनहरू पनि प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन । हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख राईले आगलागी पीडितलाई सहयोग हुने प्रतिबद्धता जनाए ।

Published Date: 17 February 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी