लाङटाङ ट्रेक जाने पर्यटकसँग अब नेचर/ट्रेकिङ गाइड अनिवार्य हुनु पर्ने

लाङटाङ ट्रेक जाने पर्यटकसँग अब नेचर/ट्रेकिङ गाइड अनिवार्य हुनु पर्ने : Icon Khabar

काठमाडौं, फागुन ५ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग अब नेचर/ट्रेकिङ गाइड अनिवार्य हुनु पर्ने भएको छ ।

निकुञ्ज कार्यालयले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लाई पत्र लेख्दै निकुञ्ज क्षेत्र भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भ्रमण गराउँदा गाइड अनिवार्य हुनुपर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । लाङटाङ जाने पर्यटक बिना गाइड जाने गर्छन् ।

विकट भौगोलिक अवस्था र अधिक चिसो हावापानी रहेको यस निकुञ्ज क्षेत्रमा पर्यटक हराउने, दुर्घटनामा पर्ने र मृत्यु समेत हुने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जको भनाइ छ ।

भ्रमणमा आउने पर्यटकको साथमा गाइड नहुँदा पर्यटकले समयमा उपचार नपाउने, उद्धारमा कठिनाइ हुने भन्दै निकुञ्जले सरोकारवाला पर्यटन व्यवसायीलाई निकुञ्ज क्षेत्रमा पर्यटक ल्याउँदा गाइड अनिवार्य गर्न भनेको हो।

पदयात्राका लागि लाङटाङ लोकप्रिय गन्तव्‍यमा पर्छ । लाङटाङ रसुवा जिल्लामा अवस्थित पर्यटकीय गन्तव्‍य हो ।

Published Date: 17 February 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी