काठमाडौं, फागुन ४ । आइतबार नेप्से परिसूचक १९.५६ विन्दुले बढेर २६९८.०३ अंकमा आइपुगेको छ ।
आज ९ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन् । सबैभन्दा बढी फाइनान्स समूहमा तेजी आएको छ ।
आज ३०९ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड ५४ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र हिमालयन पावर पाटर्नर परेका छन् ।
Published Date: 16 February 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1