पोखरामा बेलुन विस्फोट घटना: गृहमन्त्रीद्धारा छानबिन समिति गठन

पोखरामा बेलुन विस्फोट घटना: गृहमन्त्रीद्धारा छानबिन समिति गठन : Icon Khabar

काठमाडौं, फागुन ४ । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय समिति गठन गरेका छन् । आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् ।

साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुनेछन् । समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको के कसरी भयो त्यसको विस्तृत छानबिन गर्नेछ । आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।

शनिवार भएको सो घटनामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते भएका थिए । शनिवार बेलुकी नै गृहमन्त्री लेखक जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था बुझ्न अस्पताल पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2025
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो