अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ

अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ : Icon Khabar

काठमाडौ, फागुन ४ । अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अमेरिकी नागरिक ४६ वर्षीया नि यान छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । बाटिक एयरको उडानमार्फत उनी काठमाडौंबाट मलेसिया जान लागेकी थिइन् ।

अन्तर्राष्ट्रिय उडानको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा विभिन्न देशका अवैध मुद्राहरु फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

उनीबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रकम, १ सय मलेसियन रिंगेट बरादम भएको छ । त्यसैगरी विभिन्न कम्पनीका १९ थान मोबाइल, २८ थान सीमकार्ड र १२२ थान मेमोरी कार्ड बरामद भएको छ ।

पक्राउ परेका उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

Published Date: 16 February 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु