आज प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने

आज प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने : Icon Khabar

काठमाडौँ, फागुन ४ । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ ।
बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हुने सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो ।
गत मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने जानकारी गराउनु भएको थियो ।

Published Date: 16 February 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु