बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान

बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान : Icon Khabar

काठमाडौं, माघ २७ । चलचित्र विकास बोर्डले काभ्रेपलान्चोकको बनेपा नगरपालिका १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर)आह्वान गरेको छ ।

विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार, निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन सक्नेछन् ।

बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन । यो स्टुडियोको शिलान्यास २ महिनाभित्र गर्ने बोर्डको योजना रहेको छ ।

स्टुडियो निर्माणपछि स्वदेशी चलचित्रका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ ।

Published Date: 09 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु