बुधबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २३ । घरेलु बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि सुनको प्रतितोला १९ सय रुपैयाँले बढेको थियो ।

त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भईरहदा त्यसको प्रभाव घरेलु बजारमा समेत परिरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 05 February 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग