स्वीडेनको एउटा क्याम्पसमा अन्धाधुन्ध गोली चलाउदा ११ जनाको मृत्यु

स्वीडेनको एउटा क्याम्पसमा अन्धाधुन्ध गोली चलाउदा ११ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, माघ २३ । स्वीडेनको एउटा क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर ११ जनाको हत्या गरेका छन्। मध्य स्वीडेनको ओरेब्रो शहरमा रहेको रिसबर्गस्का क्याम्पसमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको र अरू धेरैजना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मंगलबार मध्याह्न १२ बजे क्याम्पसमा एक संदिग्धले गोली चलाएको भन्ने सूचना त्यहाँको प्रहरीले पाएको छ। प्रहरी घटनास्थल पुग्दा ती संदिग्धले प्रहरीतर्फ पनि गोली चलाएको थियो। प्रहरीको जबाफी फायरमा ती संदिग्धको मृत्यु भएको सिएनएनले उल्लेख गरेको छ।

मंगलबारको घटनालाई स्वीडेनमा अहिलेसम्मकै भयानक गोलीकाण्डको घटना भनिएको छ। गोली चलाउने व्यक्तिबारे अहिलेसम्म त्यहाँको प्रहरीले कुनैपनि जानकारी सार्वजनिक गरेको छैन।

प्रहरीले संदिग्ध एक्लैले गोली चलाएको, उनी कुनै आपराधिक समूहका सदस्य नरहेको पनि बताएको छ। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पीडित र उनीहरूको परिवारप्रति समवेदन व्यक्त गर्दै प्रहरीलाई धन्यवाद दिए।

‘हामीले आज निर्दोष मानिसहरूविरूद्ध क्रुर र घातक हिंसा देख्यौ। यो स्वीडेनको इतिहासको सबैभन्दा खराब सामूहिक गोलीकाण्ड हो,’ उनले भनेका छन्।

Published Date: 05 February 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी