त्रिविले स्ववियु चुनावको तयारीका लागि २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने

त्रिविले स्ववियु चुनावको तयारीका लागि २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने : Icon Khabar

काठमाडौं, माघ २३ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने भएको छ ।

विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार आज साढे ११ बजे विद्यार्थी संगठनका अध्यक्षलाई छलफलका लागि बोलाइएको छ ।

विश्वविद्यालयले ५ चैतका लागि स्ववियु चुनावको मिति तोकेको छ । ‘आज विद्यार्थी संगठनका प्रतिनिधिलाई विश्वविद्यालयले छलफलका लागि बोलाएको छ,’ सदस्य सचिव अधिकारीले भने ।

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन हुने गरेको छ । स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

Published Date: 05 February 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग