त्रिविले स्ववियु चुनावको तयारीका लागि २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने

त्रिविले स्ववियु चुनावको तयारीका लागि २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने : Icon Khabar

काठमाडौं, माघ २३ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गर्ने भएको छ ।

विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार आज साढे ११ बजे विद्यार्थी संगठनका अध्यक्षलाई छलफलका लागि बोलाइएको छ ।

विश्वविद्यालयले ५ चैतका लागि स्ववियु चुनावको मिति तोकेको छ । ‘आज विद्यार्थी संगठनका प्रतिनिधिलाई विश्वविद्यालयले छलफलका लागि बोलाएको छ,’ सदस्य सचिव अधिकारीले भने ।

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन हुने गरेको छ । स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2025
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित