भक्तपुरमा बाटोमै सवारी रोकेर चालकहरुलाई दुई मिनेटको सचेतना कक्षा

भक्तपुरमा बाटोमै सवारी रोकेर चालकहरुलाई दुई मिनेटको सचेतना कक्षा : Icon Khabar

भक्तपुर, माघ २० । दुइपांग्रे सवारी साधन बढीमात्रामा दुर्घटना भएको भन्दै ट्राफिक प्रहरीले बाटोमै सवारी रोकेर सवारीधनीहरुलाई दुई मिनेटको सचेतना कक्षा दिन थालेको छ ।

ट्राफिक प्रहरी कार्यालय भक्तपुरले आइतवार भक्तपुरको दुधपाटीमा दुइपांग्रे सवारी साधन लाई वाटो मै रोकेर दुइ ट्राफिक नियम पालना सम्वन्धी सचेतना कक्षा लिएको हो ।

दुईपाग्रे सवारीधनीहरुलाई सवारी चलाउदा मोवाइल फोन प्रयोग नगर्न । मापसे र लापसे गरि सवारी नचलाउन , लेन अनुसासन कायम गर्न , ट्राफिक वत्ति र इसाराको पालना गर्न तथा तिव्र गतिमा सवारी नचलाउन सचेत बनाएको भक्तपुर ट्राफिक प्रहरी प्रमुख इन्स्पेटर प्रदिप खत्रीले बताए।

उपत्यका ट्राफिक कार्यालयले उपत्यका भित्र विषेश गरि मोटर साइकल दुर्घटना वढी रहेको र दुर्घटनामा अंगभंग भइ ज्यानै गुमाउनुपर्ने अवस्था आएपछि सचेतना कार्यक्रम लागु गरिएकोे जनाएको छ । यो अभियान १० दिन सम्म उपत्यका विभिन्न स्थानमा संचालन गर्ने प्रमुख खत्रीले बताए।

Published Date: 02 February 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग