भक्तपुरमा बाटोमै सवारी रोकेर चालकहरुलाई दुई मिनेटको सचेतना कक्षा

भक्तपुरमा बाटोमै सवारी रोकेर चालकहरुलाई दुई मिनेटको सचेतना कक्षा : Icon Khabar

भक्तपुर, माघ २० । दुइपांग्रे सवारी साधन बढीमात्रामा दुर्घटना भएको भन्दै ट्राफिक प्रहरीले बाटोमै सवारी रोकेर सवारीधनीहरुलाई दुई मिनेटको सचेतना कक्षा दिन थालेको छ ।

ट्राफिक प्रहरी कार्यालय भक्तपुरले आइतवार भक्तपुरको दुधपाटीमा दुइपांग्रे सवारी साधन लाई वाटो मै रोकेर दुइ ट्राफिक नियम पालना सम्वन्धी सचेतना कक्षा लिएको हो ।

दुईपाग्रे सवारीधनीहरुलाई सवारी चलाउदा मोवाइल फोन प्रयोग नगर्न । मापसे र लापसे गरि सवारी नचलाउन , लेन अनुसासन कायम गर्न , ट्राफिक वत्ति र इसाराको पालना गर्न तथा तिव्र गतिमा सवारी नचलाउन सचेत बनाएको भक्तपुर ट्राफिक प्रहरी प्रमुख इन्स्पेटर प्रदिप खत्रीले बताए।

उपत्यका ट्राफिक कार्यालयले उपत्यका भित्र विषेश गरि मोटर साइकल दुर्घटना वढी रहेको र दुर्घटनामा अंगभंग भइ ज्यानै गुमाउनुपर्ने अवस्था आएपछि सचेतना कार्यक्रम लागु गरिएकोे जनाएको छ । यो अभियान १० दिन सम्म उपत्यका विभिन्न स्थानमा संचालन गर्ने प्रमुख खत्रीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने