क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने

क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने : Icon Khabar

काठमाडौँ, माघ २० । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

आइतबार क्यानले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डामा माघ २४ गतेदेखि २८ गतेसम्म हुने बताए ।

उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको बताए । उनले क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्ने जानकारी दिए।

मेलामा अवलोकनकर्ताले सूचना प्रविधिका नयाँ नयाँ जानकारी पाउने बताए। प्रदर्शनीमा स्वदेशी तथा विदेशी संस्थाहरुको सहभागिता रहने बताए। हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको बताए। साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2025
Website | + posts