क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने

क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने : Icon Khabar

काठमाडौँ, माघ २० । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

आइतबार क्यानले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डामा माघ २४ गतेदेखि २८ गतेसम्म हुने बताए ।

उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको बताए । उनले क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्ने जानकारी दिए।

मेलामा अवलोकनकर्ताले सूचना प्रविधिका नयाँ नयाँ जानकारी पाउने बताए। प्रदर्शनीमा स्वदेशी तथा विदेशी संस्थाहरुको सहभागिता रहने बताए। हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको बताए। साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको बताए ।

Published Date: 02 February 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी