अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई पक्राउ गर्न सुरू

अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई पक्राउ गर्न सुरू : Icon Khabar

अमेरिका, माघ १४ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई पक्राउ गर्न सुरू गरेको छ। अमेरिकी न्याय विभागले कानुन कार्यान्वयन गराउने विभिन्न एजेन्सीहरू परिचालन गरी अवैध रूपमा वसोबास गरिरहेका आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान चलाएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी फिर्ताको विषयलाई गम्भीरतापूर्वक लिएको र कार्यकाल सुरू भएदेखि नै अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरू हुने बताएका थिए। आइतबार त्यो अभियान सिकागोबाट सुरू भएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सिकागोमा विभिन्न शंकास्पद स्थानहरूमा छापा मारेर प्रहरीले अवैध रूपमा बसोबास गर्दै आइरहेका आप्रवासीहरूलाई पक्राउ गरेको छ। अमेरिकाको अध्यागमन विभागले विज्ञप्ति जारी गरेर अवैध आप्रवासी पक्राउ अभियान चलाएको जानकारी गराएको सिएनएनको समाचारमा उल्लेख छ।

उक्त अभियान देशैभरि सुरू हुने भनिएको छ। केही मिडियाहरूले झन्डै एक हजार अवैध आप्रवासी आइतबार पक्राउ परेको भनेका छन् तर त्यसको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन।

अपरेशनमा स्थानीय अधिकारीहरू भने संलग्न नरहेको न्युयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पले अवैध आप्रवासीहरूलाई अपराधी भनेका थिए। त्यस्ता मानिसहरूलाई उनीहरू जहाँबाट आएका हुन् त्यहीँ पठाइने उनले बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न