आशिका तामाङ थप पाँच दिन प्रहरी हिरासतमा रहने

आशिका तामाङ थप पाँच दिन प्रहरी हिरासतमा रहने : Icon Khabar

कठमाडौं, माघ ८ । माघ २ गते स्वयम्भुबाट पक्राउ परेकी आशिका तामाङ थपपाँच दिन प्रहरी हिरासतमा रहने भएकी छिन् । तामाङलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुव्यवहार गरेको आरोपमा प्रहरीले हिरासतमा लिएको हो ।

तामाङको माघ ७ गते सोमवार नै पहिलोपटकको म्याद सकिएको र उनलाई सोमवारनै दोस्रोपटक म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो । माघ ७ गते नै प्रहरीलाई अदालतले आशिकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान म्याद दिएको हो । यदि तामाङ माथि लागेको अभद्र व्यवहारको आरोप प्रमाणित भएमा आशिकाले १० हजार रुपैंया जरिवाना अथवा एक वर्ष कैद सजाय भोग्न पर्ने हुन्छ ।

Published Date: 21 January 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग