किकम्पामा स्काउट प्याक दिक्षान्त समारोह २०८१ सम्पन्न

किकम्पामा स्काउट प्याक दिक्षान्त समारोह २०८१ सम्पन्न : Icon Khabar

भक्तपुर, माघ ७ । भक्तपुरको सूर्यविनायक इतबुंमा अवस्थित किकम्पा मन्टेश्वरी प्रि स्कूलमा स्काउट प्याक कब ब्राउनीहरुलाई नेपाल स्काउट ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल स्काउट स्थानिय सूर्यविनायक नगरपालिका भक्तपुर अन्तर्गत संचालन भैरहेको किकम्पा मन्टेश्वरी स्काउट प्याक कब ब्राउनीहरुलाई आज नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा बागमती प्रदेशका पूर्व तालिम आयुक्त अच्युत प्रजापतिको प्रमुख आतिथ्यतामा स्काउट नानीबाबुलाई दीक्षित गरिएको हो।

प्रमुख अतिथि प्रजापतिले आफ्नो जीवनमा स्काउटका सबै नियम पालना गरेमा जीवन सफल र सुखी हुने बताए। दिक्षान्त समारोहका अर्का अतिथि स्कूलका स्काउटर तथा एडभान्स स्काउट मास्टर निरस थुयाजुले आफुले विद्यालयमा कब् ब्राउनी कक्षा संचालन गर्दाको अनुभव ब्यक्त गरे।

विद्यालयका प्रिन्सिपल राजेश लाखाको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा प्रिन्सिपल लाखाले स्काउट कक्षामा दिइने सबै शिक्षा जीवनमा उपयोग गर्न सकेमा धेरै राम्रो हुने बताए। उनले विद्यालयका साना साना विद्यार्थीहरुमा आएको सकारात्मक परिवर्तनले स्काउट कक्षा को महत्व अझै बढ्दै गएको मा जोड दिदै उक्त कक्षाकै देन भएको बताए।

साथै विद्यालयले स्काउट होलिडे प्याक र हाइकिङ्ग आयोजना गर्ने पनि घोषणा गरे। विद्यालयका एकेडेमिक इन्चार्ज इन्दिरा आचार्यले स्वागत मन्तव्य ब्यक्त गरेको सो कार्यक्रमको संचालन लेखापाल दिल सुवालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने