किकम्पामा स्काउट प्याक दिक्षान्त समारोह २०८१ सम्पन्न

किकम्पामा स्काउट प्याक दिक्षान्त समारोह २०८१ सम्पन्न : Icon Khabar

भक्तपुर, माघ ७ । भक्तपुरको सूर्यविनायक इतबुंमा अवस्थित किकम्पा मन्टेश्वरी प्रि स्कूलमा स्काउट प्याक कब ब्राउनीहरुलाई नेपाल स्काउट ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल स्काउट स्थानिय सूर्यविनायक नगरपालिका भक्तपुर अन्तर्गत संचालन भैरहेको किकम्पा मन्टेश्वरी स्काउट प्याक कब ब्राउनीहरुलाई आज नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा बागमती प्रदेशका पूर्व तालिम आयुक्त अच्युत प्रजापतिको प्रमुख आतिथ्यतामा स्काउट नानीबाबुलाई दीक्षित गरिएको हो।

प्रमुख अतिथि प्रजापतिले आफ्नो जीवनमा स्काउटका सबै नियम पालना गरेमा जीवन सफल र सुखी हुने बताए। दिक्षान्त समारोहका अर्का अतिथि स्कूलका स्काउटर तथा एडभान्स स्काउट मास्टर निरस थुयाजुले आफुले विद्यालयमा कब् ब्राउनी कक्षा संचालन गर्दाको अनुभव ब्यक्त गरे।

विद्यालयका प्रिन्सिपल राजेश लाखाको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा प्रिन्सिपल लाखाले स्काउट कक्षामा दिइने सबै शिक्षा जीवनमा उपयोग गर्न सकेमा धेरै राम्रो हुने बताए। उनले विद्यालयका साना साना विद्यार्थीहरुमा आएको सकारात्मक परिवर्तनले स्काउट कक्षा को महत्व अझै बढ्दै गएको मा जोड दिदै उक्त कक्षाकै देन भएको बताए।

साथै विद्यालयले स्काउट होलिडे प्याक र हाइकिङ्ग आयोजना गर्ने पनि घोषणा गरे। विद्यालयका एकेडेमिक इन्चार्ज इन्दिरा आचार्यले स्वागत मन्तव्य ब्यक्त गरेको सो कार्यक्रमको संचालन लेखापाल दिल सुवालले गरेका थिए।

Published Date: 20 January 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी