सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, माघ ७ । सोमबार नेप्से परिसूचक ६.७८ विन्दुले बढेर २६०७.९९ अंकमा बन्द भएको छ ।

आज ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचकका साथमा कारोबार रकम पनि बढेको हो । ८ वटा समूहका सूचक बढेका छन् ।

आज ३११ कम्पनीको १ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा रिभर फल्स पावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन पावर पाटर्नर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 January 2025
Website | + posts