बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौं, माघ ६ । बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ ।

उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले उनी बंगलादेशी नागरिक हुन सक्ने अनुमान गरेको छ । तर उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र केही पनि फेला नपरेकाले अनुसन्धान जारी छ ।

पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने, ‘उनी अवैध तरिकाले भारत आएका थिए । विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए ।

उनको साथबाट प्राप्त केही कागजात हेर्दा उनी बंगलादेशी नागरिक भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध राहदानी दुरुपयोग लगायतका मुद्दामा पनि आरोपपत्र दायर गर्ने तयारी प्रहरीले गरेको छ । उनलाई आज अदालत पेस गरिंदै छ ।

दिएको जानकारी अनुसार ती व्यक्ति सैफ अली खानको घरमा चोरी गर्ने उद्देश्यले घुसेका थिए । त्यही क्रममा १६ जनवरीको दिन राति २ बजे सैफ अलि खानमाथि चक्कु प्रहार भएको थियो । शल्यक्रियापछि सैफ अली अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2025
Website | + posts




ताजा
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने