युरिक एसिडका बिरामीले कस्ता खानेकुरा खाने र के नखाने ?

युरिक एसिडका बिरामीले कस्ता खानेकुरा खाने र के नखाने ? : Icon Khabar

काठमाडौँ, माघ ६ । युरिक एसिड मानिसको रगतमा हुने एक प्रकारको रसायन हो। यस्तो रसायन मानवीय शरीरमा २४सै घन्टा बनिरहेको हुन्छ। यसको प्रमुख स्रोत प्युरिन नामक रसायन हो।

मानिसको शरीरमा प्युरिनको मात्रा बढ्दै गएपछि युरिक एसिड देखापर्छ। पुरुषमा युरिक एसिडको मात्रा ७ एमजी पर डेसिलिटरसम्म सामान्य मान्न सकिन्छ भने महिलाहरुमा ६ एमजी पर डेसिलिटरलाई सामान्य मान्न सकिन्छ। त्यो भन्दा माथि भयो भने समस्या निम्तिन्छ।

युरिक एसिड बढ्यो भने के हुन्छ?
युरिक एसिड मिर्गौलाबाट पिसाब भइ बाहिर जान्छ। युरिक एसिड बढ्दै गयो भने शरीरमा धेरै समस्या निम्तिन्छ। युरिक एडिड बढ्दै जाँदा जोर्नी दुख्ने समस्या देखिँदै जान्छ। शरीरमा युरिक एसिडको मात्रा बढी भएर जोर्नी दुख्ने समस्यालाई बाथ रोग भनिन्छ।

युरिक एसिडले विशेषगरी गोडाको बुढीऔंलाको भागलाई दुख दिन्छ। जसले उक्त जोर्नीलाई रातो बनाउने तथा सुन्नाउने गर्छ। यसका कारण करिब १ सातासम्म धेरै नै कठिन गराउँछ, यो क्रम पुनः दोहोरिन्छ।
यसका साथै युरिक एसिडले शरीरको सबै भागका जोर्नीहरुलाई दुखाउन सक्दछ। युरिक एसिडले मिर्गौलामा पत्थरी समेत गराउन सक्छ।

युरिक एसिडका बिरामीले कस्ता खानेकुरा खाने?
युरिक एसिडको समस्या भएका बिरामीले पानी प्रशस्त पिउनुपर्छ । बढी पानी पिएमा युरिक एसिड पिसाबको माध्यबाट शरीर बाहिर जान सक्छ।

त्यस्तै यस्ता समस्या भएमा भिटामिन सी भएका खानेकुराको सेवन धेरै गर्नुपर्छ। भिटामिन सीले युरिक एसिडलाई रगतमा घोलाएर पिसाबका रुपमा बाहिर फाल्ने काम गर्छ। त्यसकारण यस्ता बिरामीले कागती, सुन्तला, अमला जस्ता खानेकुराको सेवन बढी गर्नुपर्छ। जसले शरीरमा युरिक एसिडको मात्रालाई घटाउन सक्छ।

तरकारीमा विशेषगरी बन्दागोभी खानु राम्रो मानिन्छ। यद्यपि सागसब्जीको प्रयोग पनि फाइदाजनक मानिन्छ।

के नखाने ?
युरिक एसिडका बिरामीले मदिरा तथा बियरको सेवन गर्नु राम्रो हुँदैन। शरीरमा युरिक एसिड जाने र बियर जाने बाटो एउटै भएकोले युरिक एसिड शरीरमा प्रवेश गर्दा बियर जान नसक्ने स्थिती हुन्छ । त्यसकारण बियर खाने बिरामीहरुमा युरिक एसिडको मात्रा एकदमै उच्च हुने गर्छ।

युरिक एसिडको समस्या भएका बिरामीले खसी, बोका, राँगा, च्याङ्ग्रा लगायतका रातो मासु खानु राम्रो हुँदैन।

पालुंगोको साग, कुरिलो, काउली, च्याउे पनि युरिक एसिडको मात्रा बढाउन सहयोग गर्ने भएकोले यस्ता सब्जीको प्रयोग निकै कम गर्नुपर्छ।

धेरै चिसो तथा बोसोयुक्त खानेकुरा तथा बेकरी आइटमका सेवनले पनि युरिक एसिडको मात्रा बढाउन सक्छ । युरिक एसिड भएपछि केक, ब्रेड जस्ता खानेकुरा त्याग्नुपर्छ।

साथै मटर, सिमी तथा कालो दालले युरिक एसिड बढाउन सक्छ। त्यसकारण यी खानेकुराको मात्रा पनि कम गर्नुपर्छ।

यद्यपि खानेकुराले मात्रै युरिक एसिड निको हुन्छ भन्ने चाँहि होइन। खानेकुरामा नियन्त्रण गरिहँदा समेत युरिक एसिड नियन्त्रणमा नभएकाले औषधिको सेवन गर्नुपर्ने हुन्छ। युरिक एसिडको सामान्य औषधिको प्रयोगले पनि बिरामीलाई ठूलो राहत मिल्न सक्छ। त्यसकारण युरिक एसिडका बिरामीले फिजिसियनको सल्लाह तथा सझाव अनुसार औषधिको सेवन गर्नुपर्ने हुन्छ।

Published Date: 19 January 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता