टिकटकले आगामी आइतबारदेखि अमेरिकामा आफ्नो एप बन्द गर्ने तयारी गर्दै

टिकटकले आगामी आइतबारदेखि अमेरिकामा आफ्नो एप बन्द गर्ने तयारी गर्दै : Icon Khabar

काठमाडौं, माघ २ । अमेरिकामा प्रतिबन्ध लागू भएमा टिकटकले आगामी आइतबारदेखि त्यहाँका प्रयोगकर्ताहरुका लागि आफ्नो एप बन्द गर्ने तयारी गरेको छ । द इन्फर्मेसनको रिपोर्टअनुसार यो कदम अमेरिकाको सर्वोच्च अदालतले एपको प्रतिबन्ध रोक्नलाई कुनै कदम नउठाएमा लिइनेछ ।

हालको कानुनले एप्पल र गुगलका एप स्टोरहरुमा टिकटकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाउने प्रावधान राखेको छ । तर हालका प्रयोगकर्ताहरुलाई केही समयसम्म एप प्रयोग गर्न अनुमति दिइनेछ । टिकटकको प्रस्तावित योजनाअनुसार एप खोल्न प्रयास गर्ने प्रयोगकर्ताहरुले प्रतिबन्धबारे जानकारी पाउनेछन् । टिकटकले प्रयोगकर्ताहरुलाई आफ्नो व्यक्तिगत जानकारीको अभिलेख राख्नका लागि सबै डेटा डाउनलोड गर्नलाई विकल्प प्रदान गर्ने योजना पनि बनाएको रोयटर्सले जनाएको छ ।

टिकटक वा यसको चिनियाँ माउ कम्पनी बाइटडान्सले रोयटर्सको प्रतिक्रिया अनुरोधमा तत्काल कुनै टिप्पणी गरेका छैनन् । अप्रिल २०२४ मा, राष्ट्रपति जो बाइडेनले बाइटडान्सलाई १९ जनवरी २०२५ सम्ममा आफ्नो अमेरिकी सम्पति बेच्न वा देशव्यापी प्रतिबन्धको सामना गर्न कानुनी रुपमा बाध्य बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कम्पनीले कानुनको कार्यान्वयनमा केही समय थप गर्न माग गरेको छ । यदि प्रतिबन्ध एक महिनासम्म जारी रह्यो भने १७ करोड अमेरिकी प्रयोगकर्तामध्ये झन्डै एक-तिहाइले प्लेटफर्ममा पहुँच पाउन छोड्ने अनुमान छ । हालका लागि टिकटकको भविष्य अमेरिकामा सर्वोच्च अदालतको निर्णयमा निर्भर छ ।

Published Date: 15 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु