टिकटकले आगामी आइतबारदेखि अमेरिकामा आफ्नो एप बन्द गर्ने तयारी गर्दै

टिकटकले आगामी आइतबारदेखि अमेरिकामा आफ्नो एप बन्द गर्ने तयारी गर्दै : Icon Khabar

काठमाडौं, माघ २ । अमेरिकामा प्रतिबन्ध लागू भएमा टिकटकले आगामी आइतबारदेखि त्यहाँका प्रयोगकर्ताहरुका लागि आफ्नो एप बन्द गर्ने तयारी गरेको छ । द इन्फर्मेसनको रिपोर्टअनुसार यो कदम अमेरिकाको सर्वोच्च अदालतले एपको प्रतिबन्ध रोक्नलाई कुनै कदम नउठाएमा लिइनेछ ।

हालको कानुनले एप्पल र गुगलका एप स्टोरहरुमा टिकटकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाउने प्रावधान राखेको छ । तर हालका प्रयोगकर्ताहरुलाई केही समयसम्म एप प्रयोग गर्न अनुमति दिइनेछ । टिकटकको प्रस्तावित योजनाअनुसार एप खोल्न प्रयास गर्ने प्रयोगकर्ताहरुले प्रतिबन्धबारे जानकारी पाउनेछन् । टिकटकले प्रयोगकर्ताहरुलाई आफ्नो व्यक्तिगत जानकारीको अभिलेख राख्नका लागि सबै डेटा डाउनलोड गर्नलाई विकल्प प्रदान गर्ने योजना पनि बनाएको रोयटर्सले जनाएको छ ।

टिकटक वा यसको चिनियाँ माउ कम्पनी बाइटडान्सले रोयटर्सको प्रतिक्रिया अनुरोधमा तत्काल कुनै टिप्पणी गरेका छैनन् । अप्रिल २०२४ मा, राष्ट्रपति जो बाइडेनले बाइटडान्सलाई १९ जनवरी २०२५ सम्ममा आफ्नो अमेरिकी सम्पति बेच्न वा देशव्यापी प्रतिबन्धको सामना गर्न कानुनी रुपमा बाध्य बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कम्पनीले कानुनको कार्यान्वयनमा केही समय थप गर्न माग गरेको छ । यदि प्रतिबन्ध एक महिनासम्म जारी रह्यो भने १७ करोड अमेरिकी प्रयोगकर्तामध्ये झन्डै एक-तिहाइले प्लेटफर्ममा पहुँच पाउन छोड्ने अनुमान छ । हालका लागि टिकटकको भविष्य अमेरिकामा सर्वोच्च अदालतको निर्णयमा निर्भर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2025
Website | + posts




ताजा
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने
नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढ्यो
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने