भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर)

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर) : Icon Khabar

लुम्बिनी, पुस २७ । रूपन्देही जिल्लामा अवस्थित लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो । विश्वका प्रमुख धर्महरूमध्ये एक बुद्ध धर्मका प्रणेता महामानव सिद्धार्थ गौतम शाक्यमुनी बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेको कारण विश्वमै नेपालले बुद्ध जन्मेको देशको महत्वपूर्ण संज्ञा पाएको छ ।

विश्वभरका सवा अर्व बौद्धमार्गीहरूको सबैभन्दा ठूला पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आर्कषणको केन्द्रको रुपमा प्राचीनकाल ई.पू. दोस्रो शताब्दीदेखि आजसम्म रहिआएको इतिहास पाइन्छ ।

लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर भित्रको बुद्धकालदेखि विभिन्न कालमा निर्माण गरिएका विहारको भग्नावशेष विभिन्न कालको सादा तथा कलात्मक ईटाहरु, बुद्धको जन्मसमय बृतान्तयुक्त प्रशस्त मूर्ति, अभिलेखयुक्त महत्वपूर्ण प्रमाणका रुपमा इशापूर्व २४९ मा बौद्ध सम्राट अशोकद्वारा स्थापना गरिएको अशोक स्तम्भ जो सम्राट अशोकले आफ्नो जीवनकालमा आफै उपस्थित भई स्थापना गरेका ६४ स्तम्भमध्ये लुम्बिनीको अशोक स्तम्भमा बुद्ध जन्मस्थान लुम्बिनी र स्वयं सम्राट अशोकका बारेमा किटानीका साथ उल्लेख गरिएको अभिलेख सहितको भएकाले सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

बुद्धम् शरणम् गच्छामि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 January 2025
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित