भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर)

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर) : Icon Khabar

लुम्बिनी, पुस २७ । रूपन्देही जिल्लामा अवस्थित लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो । विश्वका प्रमुख धर्महरूमध्ये एक बुद्ध धर्मका प्रणेता महामानव सिद्धार्थ गौतम शाक्यमुनी बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेको कारण विश्वमै नेपालले बुद्ध जन्मेको देशको महत्वपूर्ण संज्ञा पाएको छ ।

विश्वभरका सवा अर्व बौद्धमार्गीहरूको सबैभन्दा ठूला पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आर्कषणको केन्द्रको रुपमा प्राचीनकाल ई.पू. दोस्रो शताब्दीदेखि आजसम्म रहिआएको इतिहास पाइन्छ ।

लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर भित्रको बुद्धकालदेखि विभिन्न कालमा निर्माण गरिएका विहारको भग्नावशेष विभिन्न कालको सादा तथा कलात्मक ईटाहरु, बुद्धको जन्मसमय बृतान्तयुक्त प्रशस्त मूर्ति, अभिलेखयुक्त महत्वपूर्ण प्रमाणका रुपमा इशापूर्व २४९ मा बौद्ध सम्राट अशोकद्वारा स्थापना गरिएको अशोक स्तम्भ जो सम्राट अशोकले आफ्नो जीवनकालमा आफै उपस्थित भई स्थापना गरेका ६४ स्तम्भमध्ये लुम्बिनीको अशोक स्तम्भमा बुद्ध जन्मस्थान लुम्बिनी र स्वयं सम्राट अशोकका बारेमा किटानीका साथ उल्लेख गरिएको अभिलेख सहितको भएकाले सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

बुद्धम् शरणम् गच्छामि !

Published Date: 11 January 2025
ताजा
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो
निर्वाचनका दिन मौसम सफा रहने, वर्षाको सम्भावना छैन
भोलि हुने निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग हुने
म यही देशको नागरिक हुँ, मेरो उम्मेदवारी खारेज भएको छैन: आशिका तामाङ


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो