भक्तपुर नगरपालिकाको एसईई तयारी परीक्षा जारी

भक्तपुर नगरपालिकाको एसईई तयारी परीक्षा जारी : Icon Khabar

भक्तपुर, पुस २६ । भक्तपुर नगरपालिकाबाट सञ्चालन हुँदै आएको एसईई तयारी परीक्षा यस वर्ष पनि पुस २५ गते विहीबारबाट सुरू भएको छ ।

शै.स.२०७९ देखि सञ्चालन भएको एसईई तयारी परीक्षा यस शैक्षिक सत्रमा भक्तपुर नगरभित्रका १४ वटा सामुदायिक विद्यालय (एक खुलासमेत) र ४४ वटा संस्थागत गरी जम्मा ५८ वटा विद्यालयका विद्यार्थीहरूले ६ वटा परीक्षा केन्द्रमा परीक्षा दिइरहेका छन् ।

यस वर्ष सामुदायिक विद्यालयबाट ४ सय ७२ जना छात्रा र ३ सय ७२ जना छात्र गरी जम्मा ८ सय ४४ जना विद्यार्थी परीक्षामा सहभागी छन् भने संस्थागत विद्यालयबाट ६ सय ८१ जना छात्रा र ८ सय ९० जना छात्र गरी जम्मा १ हजार ५ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा दुई वटा विद्यालय ५२ जना विद्यार्थी प्राविधिकतर्फबाट सहभागी छन् ।

८ वटा विद्यालयबाट कुल २ हजार ४ सय १५ जना विद्यार्थी सहभागी भएको परीक्षा माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 January 2025
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित