वैकल्पिक राजनीतिका लागि समावेशी र सहभागितामूलक लोकतन्त्र आवश्यक : डा भट्टराई

वैकल्पिक राजनीतिका लागि समावेशी र सहभागितामूलक लोकतन्त्र आवश्यक : डा भट्टराई : Icon Khabar

काठमाडौं, माघ २७ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आजको वैकल्पिक राजनीति लोकतन्त्रलाई सुदृढ गर्दै संस्थालाई सुदृढ गर्ने नै भएको बताएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक राजनीतिले कसैलाई बहिष्कार नगरेर सबैलाई मिलेर अगाडि बढाएर संस्थालाई बलियो बनाउने बताए ।

उनले अहिलेको वैकल्पिक राजनीति समावेशी र सहभागितामूलक लोकतन्त्र भएको बताए । उनले वैकल्पिक राजनीतिको अबको एजेण्डा मुलुकको व्यवस्थालाई सुदृढ गर्दै सुशासन कायम गर्ने बताए ।

उनले वैकल्पिक राजनीतिको तेस्रो चरणको एजेण्डा लोकतन्त्रको रक्षा, लोकतन्त्रका अपूर्णतालाई पूरा गर्ने र छोटो अवधिमा मुलुकलाई समृद्धिको मध्यम तहमा पुर्याउने रहेको बताए ।

Published Date: 10 February 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग