वैकल्पिक राजनीतिका लागि समावेशी र सहभागितामूलक लोकतन्त्र आवश्यक : डा भट्टराई

वैकल्पिक राजनीतिका लागि समावेशी र सहभागितामूलक लोकतन्त्र आवश्यक : डा भट्टराई : Icon Khabar

काठमाडौं, माघ २७ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आजको वैकल्पिक राजनीति लोकतन्त्रलाई सुदृढ गर्दै संस्थालाई सुदृढ गर्ने नै भएको बताएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक राजनीतिले कसैलाई बहिष्कार नगरेर सबैलाई मिलेर अगाडि बढाएर संस्थालाई बलियो बनाउने बताए ।

उनले अहिलेको वैकल्पिक राजनीति समावेशी र सहभागितामूलक लोकतन्त्र भएको बताए । उनले वैकल्पिक राजनीतिको अबको एजेण्डा मुलुकको व्यवस्थालाई सुदृढ गर्दै सुशासन कायम गर्ने बताए ।

उनले वैकल्पिक राजनीतिको तेस्रो चरणको एजेण्डा लोकतन्त्रको रक्षा, लोकतन्त्रका अपूर्णतालाई पूरा गर्ने र छोटो अवधिमा मुलुकलाई समृद्धिको मध्यम तहमा पुर्याउने रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 February 2023
Website | + posts