हिमालय एयरलाइन्सले भोलिदेखि काठमाडौं–बेइजिङ उडान सुचारु गर्ने

हिमालय एयरलाइन्सले भोलिदेखि काठमाडौं–बेइजिङ उडान सुचारु गर्ने : Icon Khabar

काठमाडौं, माघ २७ । हिमालय एयरलाइन्सले शनिबार (भोलि)देखि चीनको राजधानी बेइजिङमा उडान सुचारु गर्ने भएको छ । एयरलाइन्सले यो रुटमा नियमित उडान सुचारु गर्नेछ ।

एयरलाइन्सले काठमाडौंदेखि बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म हप्तामा एक उडान गर्ने जनाएको छ ।

यसअघि कोभिड–१९ को महामारीका कारण चीनका अधिकांश गन्तव्यमा उडान स्थगित गरिएको थियो । अहिले चीनले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई चीन उडानको अनुमति खुल्ला गरेको छ । सोही अनुसार भोलिदेखि एयरलाइन्सले पनि उडान सुरु गर्ने भएको छ ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले चीनबाट नेपाल आउने यात्रुलाई सिधा उडानबाट थप सेवा प्रदान गर्नुका साथै पर्यटन तथा व्यापार व्यवसायमा समेत टेवा पुग्ने बताए ।

“हामी यो जडान पुन: स्थापना गर्न पाउँदा धेरै खुसी छौं र हाम्रा यात्रुहरूलाई बढ्दो फ्रिक्वेन्सीको साथ सेवा गर्न तत्पर छौं,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 February 2023
Website | + posts