हिमालय एयरलाइन्सले भोलिदेखि काठमाडौं–बेइजिङ उडान सुचारु गर्ने

हिमालय एयरलाइन्सले भोलिदेखि काठमाडौं–बेइजिङ उडान सुचारु गर्ने : Icon Khabar

काठमाडौं, माघ २७ । हिमालय एयरलाइन्सले शनिबार (भोलि)देखि चीनको राजधानी बेइजिङमा उडान सुचारु गर्ने भएको छ । एयरलाइन्सले यो रुटमा नियमित उडान सुचारु गर्नेछ ।

एयरलाइन्सले काठमाडौंदेखि बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म हप्तामा एक उडान गर्ने जनाएको छ ।

यसअघि कोभिड–१९ को महामारीका कारण चीनका अधिकांश गन्तव्यमा उडान स्थगित गरिएको थियो । अहिले चीनले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई चीन उडानको अनुमति खुल्ला गरेको छ । सोही अनुसार भोलिदेखि एयरलाइन्सले पनि उडान सुरु गर्ने भएको छ ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले चीनबाट नेपाल आउने यात्रुलाई सिधा उडानबाट थप सेवा प्रदान गर्नुका साथै पर्यटन तथा व्यापार व्यवसायमा समेत टेवा पुग्ने बताए ।

“हामी यो जडान पुन: स्थापना गर्न पाउँदा धेरै खुसी छौं र हाम्रा यात्रुहरूलाई बढ्दो फ्रिक्वेन्सीको साथ सेवा गर्न तत्पर छौं,” उनले भने।

Published Date: 10 February 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग