लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै : Icon Khabar

बुटवल माघ २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी गरेका छन् । आज नभए आइतबारसम्ममा नयाँ मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउने तयारी भइरहेको छ ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनामा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । सत्ता बाँडफाँडमा दलहरु सहमत हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलमध्ये ५६ र दुई स्वतन्त्र सदस्यसहित ५८ सदस्यको समर्थनमा गत माघ १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ १९ गते ५९ सदस्यबाट विश्वासको मत लिएका थिए ।

गिरीले आफूसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रका कृष्ण केसीलाई विना विभागीय मन्त्री बनाएका थिए । उनीहरुलाई अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

Published Date: 10 February 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग