लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै : Icon Khabar

बुटवल माघ २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी गरेका छन् । आज नभए आइतबारसम्ममा नयाँ मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउने तयारी भइरहेको छ ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनामा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । सत्ता बाँडफाँडमा दलहरु सहमत हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलमध्ये ५६ र दुई स्वतन्त्र सदस्यसहित ५८ सदस्यको समर्थनमा गत माघ १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ १९ गते ५९ सदस्यबाट विश्वासको मत लिएका थिए ।

गिरीले आफूसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रका कृष्ण केसीलाई विना विभागीय मन्त्री बनाएका थिए । उनीहरुलाई अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 February 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित