आफ्ना फ्यानहरूलाई अनलाइन ठगीबाट सचेत रहन अर्जुन कपूरको आग्रह

आफ्ना फ्यानहरूलाई अनलाइन ठगीबाट सचेत रहन अर्जुन कपूरको आग्रह : Icon Khabar

मुम्बई, पुस १४ । बलिउड अभिनेता अर्जुन कपूर अनलाइन ठगीको शिकार भएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो नामबाट अरूले ठगी गरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै आफ्ना फ्यानहरूलाई अनलाइन ठगीबाट सचेत रहन सल्लाह दिएका छन् ।

सामाजिक सञ्जालमा एक व्यक्ति अर्जुन कपूरको म्यानेजर बनेर मान्छेहरूलाई ठगी रहेका छन् । उनले अर्जुन कपूरलाई भेटाइदिन्छु भन्दै मान्छेहरूसँग पैसा उठाइरहेका छन् ।

‘एउटा अकाउन्टबाट मेरो म्यानेजर भन्दै थुप्रै मान्छेसँग पैसा उठाएको थाहा पाए। तर त्यो मान्छे मेरो म्यानेजर होइन । म हरेक व्यक्तिलाई अनुरोध गर्छु कि कुनै पनि लिंकमा क्लिक गरेर आफ्नो व्यक्तिगत जानकारी नदिनुहोस् । कृपया यस ठगबाट सुरक्षित र सतर्क रहनुस्। यदी तपाईलाई यस्तो म्यासेज आउँछ भने रिपोर्ट गर्नुस्,‘ उनले लेखेका छन् ।

Published Date: 29 December 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु